चित्रकला भनेको त्रिआयामिक स्वरुपको अनुभूति दिने दुई आयामिक माध्यम हो । प्रतिष्ठानमा रहेको समसामयिक चित्रकला विभागले चित्रकला विधामा विभिन्न अध्ययन र अनुसन्धान गराउने तथा गोष्ठी तथा कार्यशाला मार्फत नेपालभरिका कलाकारहरुमा नयाँ ज्ञान, सीप, विधि, तथा अभ्यासहरुलाई प्रसार गर्ने काम गर्छ । वरिष्ठ तथा युवा कलाकारहरुका सृजनाहरुको प्रदर्शन गर्ने कार्यमा सहयोग गर्नु पनि यस विभागको एक प्रमुख कार्य हो । यस विभागले नेपाली चित्रकला विधामा शोध गर्नेहरुलाई वृत्ति पनि प्रदान गर्दछ । विभागले चित्रकला तथा चित्रकलाको इतिहासको विषयमा विभिन्न पुस्तकहरु पनि प्रकाशन गरिसकेको छ । त्यस्तै विभागले आधुनिक र समसामयिक धार समाई विभिन्न माध्यम र शैलीमा काम गर्ने कलाकारहरुलाई प्रोत्साहन गर्दै आएको छ । विभागले अन्य कलाकार तथा कलासम्बद्ध संस्थाहरुसँग मिलेर यस प्रकारको शैलीको अभ्यास र विकास गर्ने प्रयास गर्दै आएको छ । यस विभागको प्रमुखमा प्राज्ञिक परिषद्को कुनै एक सदस्यलाई नियुक्त गर्ने व्यवस्था गरिएको छ ।


 

विभागिय गतिविधिहरु