परम्परागत चित्रकला विभागले पौभा, थाङ्का, पाण्डुलिपिमा अङ्कित चित्र, मण्डला, पाटाचित्र तथा भित्तेचित्र जस्ता परम्परागत कलाहरुको विषयमा शोध र अन्वेषण गराउने गर्छ । यस प्रकारको अध्ययन र शोधबाट प्राप्त हुने ज्ञान र अनुभवलाई कार्यशाला, गोष्ठी तथा तालिम कार्यक्रमहरुको माध्यमबाट पराम्परागत कलाकार तथा अन्य नवकलाकारहरुमा प्रसार गर्ने गरिएको छ । विभागले परम्परागत नेपाली कलाको विषयमा पुस्तक प्रकाशन गर्ने कार्यमा समन्वय गर्दै आएको छ । यस प्रकारको कला धार्मिक, वर्णनात्मक, जादुमय तथा रहस्यमय प्रकृतिको हुने गर्दछ । परम्परागत कला शैलीमा कलात्मक गुण मात्र होइन व्यवहारिक महत्व पनि रहेको हुन्छ । यो जीवन र मानव समाजसँग गाँसिएको हुन्छ । यसर्थ विभागले परम्परागत कलाको जगेर्ना गर्ने मात्र नभई परम्परागत कलाकारहरुलाई सहयोग गर्ने नीति पनि लिएको छ


 

विभागिय गतिविधिहरु