‘सहिद दिवस २०८०’ को सन्दर्भ पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा सोमवार गरिएको ‘राष्ट्र निर्माणमा सहिदको बलिदान’ विषयक चित्रकला कार्यशालाबाट सिर्जित कलाकृतिको मङ्गलवार(२०८० माघ १६ गते) बाट प्रदर्शनी सुरु गरिएको छ । प्रदर्शनीको कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभयो । प्रदर्शनीको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य–सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्य पाल्साङ्मो लामा, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा राई, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य संगी श्रेष्ठ, महिन्द्र सुनारलगाायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले छोटो जानकारीमा पनि उत्साहका साथ यस कार्यशालामा सहभागी भएर उत्कृष्ट कलाकृतिको सिर्जना गरी सहिदप्रति सम्मान व्यक्त गरेकामा सम्पूर्ण सहभागी कलाकारलाई धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा अझ सशक्त रूपमा यस्ता कार्यक्रहरूको आयोजना गरिने प्रतिबद्घता जनाउनुभयो । उपकुलपति लालकाजी लामाले सहिदलाई फराकिलो रूपमा सोची सम्मान गर्नुपर्ने बताउनुभयो । समसामयिक चित्रकला विभाग प्रमुख संजय बान्तवा राईले कार्यशालामा सिर्जना भएका कलाकृृतिहरूको प्रदर्शनी गरेर प्रतिष्ठानले सहिदलाई सम्मान गरेको बताउनुभयो ।
प्रदर्शनीमा नारदमणि हार्तम्छाली, लालकाजी लामा, पाल्साङ्मो लामा, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय वान्तवा राई, अरुणा हिङमाङ, संगी श्रेष्ठ, जुपिटर प्रधान, भीमबहादुर श्रेष्ठ, रेनुका महर्जन, सुरेम देशार, विवेक मुकारुङ, चन्द्रा श्रेष्ठ, लीलाधर केसी, राकेशचन्द्र श्रेष्ठ, दीपेन्द्रमान बनेपाली, किशोर नकर्मी, विनोदकुमार गुप्ता, एनबी गुरुङ, केशव राज खनाल, श्यामसुन्दर यादव, विक्रम प्रजापति, नारायणप्रसाद बोहजु, नेमबहादुर तामाङ, सुदनकुमार सिंह, विपना महर्जन, अशुराम खाइजु, राजकुमार राना, कान्छाकाजी भासिमा, मंगोलपुत्र, मनरा प्रजापति, राजेन्द्र याकामी, महेश बास्ताकोटी, प्रकाश मानन्धर, एविना भडेललगायतका कलाकारका कलाकृति राखिएका छन् । प्रदर्शनी २२ गतेसम्म चल्ने छ ।