नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा कोसी प्रदेशको मोरङस्थित बेलबारी प्रज्ञा–प्रतिष्ठानमा फागुन १६ देखि २० गतेसम्म हुन गइरहेको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ का लागि बुधवार (२०८१ पुस २४ गते)५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख तथा कोसी प्रदेश समन्वय समिति संयोजक संजय वान्तवा राईको अध्यक्षतामा बसेको भेलाको छलफलले गठन गरेको समितीमा बेलबारी प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदी सह–संयोजक रहनुभएको छ । भेलामा प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ सरोजा खड्की,प्राज्ञ अनुराधा थापा, समाजसेवी इरान राई, संस्कृतिकर्मी जे.बि. थुलुङ्गसँगै प्रदेशका विभिन्न सङ्घ–संस्था तथा जिल्लालाई प्रतिनिधित्व गर्ने कलाकारहरूको उपस्थिति रहेको थियो । भेलामा सहभागी कलाकारहरूले ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’लाई सफल बनाउन आवश्यक समन्वय तथा सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो ।

Developed by : Prosys Solution - © 2026 Nepal Academy of Fine Arts All Rights Reserved.