नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य र जोब्रा दी आर्ट भिलेजको आयोजनामा प्रतिष्ठानमा सोमवार (२०८२ पुस १४ गते) बाट अन्तर्राष्ट्रिय बाल कला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, विशेष अतिथि प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवा, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रेसिडेन्ट सन्तोष चन्द्र कुँवर, जोब्रा दी आर्ट भिलेजका प्रेसिडेन्ट Touhid Shimul लगायतले आफ्नो धारणा राख्नुभएको थियो । नेपाल, भारत, बङ्गलादेशबिच सांस्कृतिक आदानप्रदान तथा यहाँका युवा प्रतिभाको कलात्मक क्षमता अभिवृद्धिको उद्देश्य राखेर गरिएको प्रदर्शनी पुस १६ गतेसम्म चल्ने छ । कलाकार विपना महर्जन संयोजक रहनुभएको कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीसँगै विद्यार्थी, कलाकार, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।
Developed by : Prosys Solution - © 2026 Nepal Academy of Fine Arts All Rights Reserved.