राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय समितिले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कला गतिविधिहरूलाई विश्वस्तरमा जोड्ने र अन्तर्राष्ट्रिय कला गतिविधिहरूलाई राष्ट्रिय स्तरमा परिचित गराउने प्रमुख जिम्मेवारी निर्वाह गर्दछ । यस समितिले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरू, कूटनीतिक नियोगहरू तथा सरोकारवालाहरूसँग समन्वय गर्दै ललितकलासम्बन्धी कार्यक्रम, प्रदर्शनी, कार्यशाला, गोष्ठी तथा कला संवादलगायतका कार्यक्रमहरू सञ्चालन गर्दछ । यसका साथै नेपाली चित्रकला, मूर्तिकला, लोककला, वास्तुकला, शिल्प–हस्तकला तथा अन्य सिर्जनात्मक कलाका विधाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने र विदेशी कलाकारहरूको नेपालमा प्रदर्शनी आयोजना गर्ने कार्य पनि गर्दछ । अन्तर्राष्ट्रिय बायनाले, ट्रिएनाले उत्सव मेला जस्ता कला महोत्सवहरूको आयोजना, नीतिगत सम्झौता (MOU) सम्पन्न गर्ने तथा नेपाली कलाकारहरूको पहिचानलाई विश्वस्तरमा प्रवर्धन गर्न कूटनीतिक माध्यमबाट पहल गर्नु यस समितिको प्रमुख कार्य हो ।