नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान समसामयिक चित्रकला विभागको आयोजना र अंशी आर्ट ग्यालरी टिकापुर, कैलालीको संयोजनमा बिहीबार (भदौ २१ गते) सुदूरपश्चिम प्रदेशमा एकदिने चित्रकला कार्यशाला सम्पन्न भएको छ । कार्यशालाको उद्घाटन समाजसेवी बलबहादुर रावलले गर्नुभएको थियो । सो कार्यशालामा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद सदस्यद्वय प्रदिप अधिकारी र दिनेश्वर महतो, अंशी आर्ट ग्यालरी सञ्चालक शारदा चलाउने, ग्यालरीका संस्थापक तथा कलाकार रमेश कडायत, लोकराज जोशी, जित बहादुर चौधरी, मित्थु थारु,ज्योति विक लगायतका दुई दर्जन कलाकार सहभागी भएका थिए ।