नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा परम्परागत र समसामयिक चित्र, मूर्ति तथा कला सामग्रीहरुको दुर्लभ सङ्ग्रहसहितको सङ्ग्रहालय रहेको छ । सङ्ग्रहालयले नेपाली कला तथा संस्कृतिको दृश्यात्मक इतिहासलाई सुन्दर तरिकाले प्रदर्शन गर्दछ । यस सङ्ग्रहालयले नेपाली कलाको जगलाई प्रस्तुत गर्ने हुनाले यो स्थान कला इतिहासकार तथा कला समीक्षकहरुको लागि एउटा प्रामाणिक स्रोत मात्र होइन अन्य कलाकारहरुको लागि प्रेरणाको स्रोत पनि बन्न सक्छ । यस सङ्ग्रहालयमा विगत र वर्तमान समयका उत्कृष्ट कलाकृतिहरुको सङ्ग्रह रहेको छ ।