नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, हस्तकला र समसामयिक चित्रकला विभागको सहकार्य र सामरी उत्थान सेवाको आयोजनामा बिहीबार (२०८० मंसिर १४ गते) बाट ‘जातव्यवस्था र यौनिकताः कलामार्फत् प्रतिरोध’ प्रदर्शनी सुरु भएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै माननीय मन्त्री सुदन किरातीले जात र लिङ्गको आधारमा समाजमा भएको विभेद विस्तारै परिवर्तन हुँदै गएको बताउनुभयो ।
यसैगरी कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालिले लैंगिक र जातिय विभेद अन्त्यका लागि प्राज्ञिक स्तरबाट कलाको मार्फत परिवर्तनका लागि अगि बढ्नु पर्ने कुरा बताउनु भयो ।कार्यक्रमको अध्यक्ष विमला गायकले समाजमा दमित रुपमा रहेकाको आवाज कलाकारले कलामार्फत उठान गरेको बताउनु भयो ।
कार्यक्रममा पूर्वमन्त्री शंकर कोइराला, प्रतिनिधिसभा सदस्य सन्तोष परियार, प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, पूर्वराजदुत पदम सुन्दास, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, गणेश विश्वकर्मा, गौरी नेपाली, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञपरिषद सदस्य पाल्साङमो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय बान्तवा, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य अशोक लामा, कृष्ण प्रकाश शाह, प्रदिप शाक्यलगायतको उपस्थिति रहेको थियो ।
प्रदर्शनीमा नारदमणि हार्तम्छाली, लालकाजी लामा, सौरगंगा दर्शनधारी, संजय वान्तवा राई, अरुणा हिङमाङ, दिनेश्वर महतो, सुदर्शनविक्रम राणा, सुनिता राणा, प्रमिला बज्राचार्य, अजय उपरकोटी, एन्जिला जोशी, बिपना महर्जन, नरबहादुर बि.के., दिपेन्द्रमान बनेपाली, इशान परियार, ज्योति खड्का, कमल अधिकारी, केशवराज खनाल, किशोर नकर्मी, मानबहादुर परियार, नताशा परियार, एनबी गुरुङ, पद्म सुन्दास, पुनम कुमारी दास, प्रशान्त आचार्य, राहुल वि.के. रोशेन मुनिकार, सविता डंगोल,सरिता मण्डल, शिवहरी ज्ञवाली, सुजन शिवा, सुमन नेपाल, सुनिल बि.के., सुनिल हरिजन, सुरक्षा वाग्ले, सुस्मा श्रेष्ठ, उसिना महर्जनलगायतका कलाकृति राखिएको छ । प्रदर्शनी २० गतेसम्म चल्नेछ ।