हस्तकला कला सृजनाबाट जन्मिन्छ । कला सृजना सृजनात्मक, नवीन र स्वतन्त्र हुन्छ । त्यस्तै कला सृजनालाई नमूनाको रुपमा लिई त्यसको प्रतिरुपहरु बनाउने हो भने त्यो हस्तकला हुन्छ । तिनमा सुन्दरता र कलात्मकता हुन्छ । साधारण कामदारलाई पनि तालिम दिई कालीगढ बनाउन सकिन्छ । राष्ट्रिय पहिचानमा पनि हस्तकलाको ठूलो योगदान रहेको हुन्छ । प्रतिष्ठानमा रहेको हस्तकला विभागले देशभित्र र बाहिर हस्तकला सामग्रीहरुको उत्पादन र विक्री गरी कालीगढहरुको आर्थिक उन्नतिको साथसाथै देशकै आर्थिक विकासलाई टेवा पु¥याउने कार्यमा सहयोग गर्दछ । हस्तकलाका परम्परागत विधिहरुको विषयमा अध्ययन गर्नको लागि छात्रवृत्ति प्रदान गर्ने, त्यस्ता अध्ययनहरुको निष्कर्षलाई अभिलिखित गर्ने, हस्तकला विषयक पुस्तकहरुको प्रकाशन गर्ने, हस्तकलाका सीप र विधिहरुको विषयमा कार्यशाला र सम्मेलनहरुको आयोजना गर्ने, कालीगढहरुलाई हस्तकलाका विषयमा आवश्यक निर्देशन र जानकारी दिने, हस्तकलाका सामग्रीहरुको उत्पादनमा आधुनिक प्रविधिको प्रयोग गर्ने आदि कार्यहरु पनि विभागबाट हुँदै आएको छ । कालीगढहरुलाई प्रोत्साहन दिने र तिनको उत्पादनको लागि उचित बजारको व्यवस्थापन गर्नेतिर यो विभाग प्रयासरत छ । यस विभागको प्रमुखमा प्राज्ञिक परिषद्को कुनै एक सदस्यलाई नियुक्त गर्ने व्यवस्था गरिएको छ ।


 

विभागिय गतिविधिहरु