मुहारचित्र एवम् पुस्तक विमोचन समारोह

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान चित्रकला विभागको आयोजनामा आयोजित मुहार चित्र प्रर्दशनी तथा Nepali Abstract Panting A development Analysis नाम पुस्तक विमोचन समारोह मननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले एक भव्य समारोह विच यही २०७७ चैत्र २९ गते प्रतिष्ठानको भाजुमान सभाकक्ष हलमा समुद्घाटन गर्नु भयो ।
उक्त कार्यक्रममा बोल्दै माननीय मन्त्रीले भन्नुभयो “राजनीति दलमा चर्किएको विवादले लोकतन्त्र कमजोर पारेको र लोकतन्त्रकमा दलहरु बलियो भएमा मात्र लोकतन्त्र बलियो हुन्छ । त्यसका लागि बलियो प्रतिपक्षी आवश्यक हुन्छ, अन्यथा लोकतन्त्र कमजोर हुन्छ ।”
कार्यक्रममा प्रतिष्ठानका कुलपति के.के कर्माचार्यले नेपाली ललितकलाको इतिहास अध्ययन, खोज, अनुसनधान विकासका लागि प्रतिषठानले मिहिन ढङ्गले काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरले मुहार चित्रको काम ज्यादै कठिन भएको र नेपालमा यस विषयमा अझे धेरे काम गर्न बाँकी रहेको बताउनुभयो ।
कार्यक्रममा समाजसेवी तथा कलाकार भ्रदकुमारी घलेले मट्टीतेलमा टुकीबत्तीको सलेदोको कालो रंग बनाउथे । रातो रंगको लागि रातोमाटो र अन्य यसैगरि बनाउछु भन्दै आफ्नो अनुभव सुनाउनु भयो ।
कार्यक्रममा पंचकन्या ग्रुपका अध्यक्ष प्रदिपकुमार श्रेष्ठले आफ्नो मुहार चित्र बनेकोमा खुशी व्यक्त गर्दै कलासंग आफुपनि जोडिएर यसरी बोल्नपाउदा ज्यादै खुशी लागेको कुरा व्यक्त गर्नुभयो । मुहार चित्र कार्यशालामा सहभागी कलाकारको तर्फबाट कलाकार बाबुराजा धःलाले यस कार्यशालामा सहभागी भएर नेपालकै वरिष्ठ समाजसेवी, कलाकारहरुको मुहार चित्र बनाउन पाउदा आफु र टिमका सबै साथीहरु खुशी भएको कुमार बताउनु भयो ।
यसैगरि पुस्तकका लेखक कृष्ण प्रकाश शाहाले अमूर्त कला भन्नाले कल्पना र अनुभवको प्रस्तुति भएको र नयाँ आयामको खोजी नै अमूर्त सोच हो । हामी मानव मात्रले अमूर्त सोचका कारणले मूर्त कलाको आविष्कार गरेका छौ । जसको उदाहर गाडी, घर आदीलाई लिन सकिन्छ भन्दै यसको विकास विश्व जगतबाट नेपालमा आईपुग्दाको अवस्था कस्तोछ भनी खोज अनुसन्धान गरि तयार पारिएको यो सानो प्रयास मात्र हो । यसलाई मनन गरिदिनुहुन अनुरोध गर्दछु भन्नुभयो ।
कार्यक्रममा मुहार चित्रमा अतिथि कलाकार प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, प्राज्ञपरिषद् सदस्य बुद्धिबहादुर गुरुङ, कलाकार कृष्ण गोपाल श्रेष्ठ, विपना महर्जन र पकबहादुर थापा हुनुहुन्थ्यो भने कार्यशालामा सिर्जनराज भण्डारी, आलोक गुरुङ, बाबुराजा धःला, रोसन प्रधान, किशोर नर्कमी, कान्छाकाजी भाषिमा, प्रतिप श्रेष्ठ, डि राम पाल्पाली, कृष्ण प्रकाश शाह, पुजा मर्हजन, प्राज्ञ गजेन्द्रमान श्रेष्ठ, आसुराम खैजू, मदन श्रेष्ठले वरिष्ठ समाजसेवी एवम् कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, आनीछोइङ डोल्मा, मनिषा कोइराल, अनुराधा कोइराला, भद्रकुमारी घले, अम्वीका श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, के.के कर्माचार्य, किरण मानन्धर, सुरेन्द्र विर मालाकार, प्रदिपकुमार श्रेष्ठ, पृथ्वी बहादुर पाण्डेका मुहार चित्रहरु बनाइ प्रर्दशनीमा राखिएको थियो । उक्त चित्रबाट विक्री भएको रकम मध्ये केही प्रतिशत रकम कालिका मा.वि सिन्धुपाल्चोक वडा नं. ६ का विधार्थी भाई वहिनाहरुलाई प्रदान गरिने कुराको जानकारी आयोजकले बताए । उक्त कार्यक्रममा प्रमुख अतिथिलाई मायाको चिनो र कलकार मुकेश श्रेष्ठले तयार पार्नु भएको मुहार चित्र प्रदान प्राज्ञ सुषमा राजभण्डारीले गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो । कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत मन्तव्यद्धारा स्वागत उपकुलपति गोपाल चित्रकारले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन जंग पहाडीले गर्नु भएको थियो । कार्यक्रममा काठमाडौ जिल्ला समन्वय समितिका प्रमुख शिवराज वैध्य, प्राज्ञ रमेश श्रेष्ठ, रमेश खनाल, मिथिलादेवी यादव, लालकाजी लामा, गजेन्द्र मान श्रेष्ठ, सञ्जय वान्तवा, कलाकार तथा इन्जिनियर शंकरनाथ रिमाल, कलाकार जीवन राजोपाध्याय, शंकरराज सुवाल लगायतका महानुभावहरु अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।