‘सहिद दिवस २०८०’ को सन्दर्भ पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘राष्ट्र निर्माणमा सहिदको बलिदान’ विषयक चित्रकला कार्यशाला सोमबारबाट (२०८० माघ १५ गते) सुरू भएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको अध्यक्षता तथा पूर्वकुलपति के.के. कर्माचार्यको प्रमुख आतिथ्यमा भएको कार्यशालाको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य–सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्य पाल्साङ्मो लामा, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा राई, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य संगी श्रेष्ठ, जुपिटर प्रधानलगाायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कार्यशालामार्फत सहिदले समाज र देश निर्माणमा पु¥याएका योगदानलाई स्मरण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्यशालामा सहिदको योगदानलाई कलाकृतिमार्फत जीवन्त तुल्याउने प्रयास गरिने छ ।’
कार्यक्रमका प्रमुख अतिथि एवम् पूर्व कुलपति के.के.कर्माचार्यले सहिदको योगदान एवम् बलिदानले नै देशमा आमुल परिवर्तन आएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘यो कार्यक्रम ज्यादै गहकिलो छ । भावी सन्ततिका लागि सहिदहरूले देशका लागि गरेको बलिदानको समेत स्मरण गराउन मद्दत पु¥याउनेछ ।’
समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवा राईले कार्यशालामा सिर्जित कलामार्फत सहिदहरूले राष्ट्र निर्माणका लागि दिएको बलिदानको सम्झनालाई चीरस्थायी बनाउन सहयोग पु¥याउने विचार व्यक्त गर्नुभयो । कार्यशालामा भीमबहादुर श्रेष्ठ, रेनुका महर्जन, सुरेम देशार, विवेक मुकारुङ, चन्द्रा श्रेष्ठ, लीलाधर केसी, पाल्साङ्मो लामा, दिनेश्वर महतो, सञ्जय वान्तवा राई, अरुणा हिङमाङ, संगी श्रेष्ठ, जुपिटर प्रधान,राकेशचन्द्र श्रेष्ठ, दीपेन्द्रमान बनेपाली, किशोर नकर्मी, विनोदकुमार गुप्ता, एनबी गुरुङ, केशव राज खनाल, श्यामसुन्दर यादव, विक्रम प्रजापति, नारायणप्रसाद बोहजु, नेमबहादुर तामाङ, सुदन सिं, विपना महर्जन, अशुराम खाइजु, राजकुमार राना, कान्छाकाजी भासिमा, मंगोलपुत्र, मनरा प्रजापति, राजेन्द्र याकामीलगायतका कलाकारको सहभागिता रहेको छ । कार्यशालामा सिर्जित कलाकृतिहरू प्रतिष्ठानमा माघ १६ देखि २२ गतेसम्म प्रदर्शनीमा राखिने छ । कार्यक्रमको संयोजन दिपेन्द्रमान बनेपालीले गर्नुभएको थियो ।