नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा कोशी प्रदेशको सुनसरीस्थित इटहरी मेट्रिक्समा फागुन २९ गतेदेखि चैत ३ गतेसम्म हुने ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ का लागि प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख तथा कोशी प्रदेश समन्वय समिति संयोजक संजय वान्तवा राईको संयोजकत्वमा बुधबार (२०८० फागुन २ गते ) ५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । उक्त कार्यक्रममा प्राज्ञ जिवनाथ पोख्रेल, गङ्गा उप्रेती, सरोजा खड्गी, कलाकार निवास पोख्रेललगायतको उपस्थिति रहेको थियो । उक्त समितिको उप–संयोजक इटहरी मेट्रिक्सका अध्यक्ष विक्रमश्री, सचिव कलाकार गणेश लामा (आँसु) लगायत रहने गरी विभिन्न उप–समिति गठन गरिएको छ । जसअन्तर्गत प्रचार–प्रसार उप–समितिको संयोजक गोपाल देवान, कलाकृति उप–समिति संयोजक अशेष तिमल्सिना, डिस्प्ले उप–समिति संयोजक छितेन शेर्पा, आर्थिक व्यवस्थापन उप–समिति संयोजक उर्मिला कोइराला, अतिथि सत्कार उप–समिति संयोजक आरती श्रेष्ठ रहनुभएको छ ।