कलाका आफ्नै सीमा र सीमितताहरू हुन्छन् तर पछिल्लो समय विश्वमा विकसित कलाका नयाँ नयाँ आयामले सृजनाकै क्रममा कतिपय नियमहरु बनाउँदै अघि बढेको पाइन्छ । यो कला शैली प्रयोगात्मक प्रकृतिको हुन्छ । यस प्रकारको विधालाई प्रतिष्ठानमा रहेको वास्तुकला तथा अन्य सृजनात्मक कला (बहुआयामिक कला) विभागले हेर्दछ । यस विभागमा वास्तुकला, वैकल्पिक कला, भिडियो कला, इन्स्टलेसन कला, भावभङ्गीमा कला, प्रस्तुति कला, एनिमेसन कला, डिजिटल आर्ट, साउण्ड आर्ट, ल्याण्ड आर्ट, इन्टरयाक्टिभ आर्ट, नवीन मिडिया कला, कलाफोटोग्राफी, ग्राफिक कम्युनिकेसन (डिजाइन), ट्याटु कला, कार्टुन लगायतका कला विधा समावेश गरिएका छन् । यस विभागले हाम्रो आफ्नै संस्कृति र परम्परामा रहेका यस्ता पक्षहरूको अनुसन्धान गराउने, समसामयिक कलामा देखिने वैकल्पिक प्रचलनहरूको अध्ययन अनुसन्धान गर्ने र त्यसलाई कार्यशाला, प्रतियोगिता, प्रदर्शनी, सम्मेलन, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममार्फत प्रचार प्रसार तथा प्रवर्धन गर्ने काम गर्दछ । यस विभागले समसामयिक बहुआयामिक कला अभ्यास र वास्तुकलामा देखिएका नवीन आयामहरूलाई प्रोत्साहन दिने र सबल बनाउने प्रयास गर्दै आइरहेको छ । यस विभागमा प्राज्ञपरिषद्का एक सदस्यलाई विभागीय प्रमुखका रूपमा नियुक्त गर्ने व्यवस्था छ ।


 

विभागिय गतिविधिहरु