नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले पश्चिमी कला, नेपाली कला, नेपाली चित्रकला, नेपाली मूर्तिकला, नेपाली हस्तकला तथा लोककलाको विषयमा विभिन्न पुस्तकहरु प्रकाशन गरिरहेको छ । सम्बन्धित विभागले लेखकहरुलाई शोधवृत्ति प्रदान गर्दै आइरहेको छ । त्यस अनुरुप कला इतिहासकार तथा कला समीक्षकहरुले आफ्ना विषयहरुमा अध्ययन र अनुसन्धान गरी पुस्तक तयार गर्छन् जसलाई प्रतिष्ठानले प्रकाशित गर्दछ । प्रतिष्ठानले कला विषयक जर्नल र म्यागजिनहरु पनि प्रकाशन गर्दै आइरहेको छ । प्रतिष्ठानको एउटा मुख्य उद्देश्य भनेको कलाकार तथा दर्शकहरुमा कलासम्बन्धी नवीन र सृजनात्मक जानकारी तथा सूचनाहरुको प्रसार गर्नु पनि हो । प्रतिष्ठानका प्रकाशनहरुले यस उद्देश्य प्राप्तिमा ठूलो योगदान दिइरहेका छन् । प्रकाशित सामग्रीहरुले नेपाली कला र कलाकारहरुको इतिहासलाई पनि अभिलिखित गरेका छन् ।

 

पुस्तकहरू

क्याटलगहरू