नेपाल लतिलकला प्रज्ञा–प्रतिष्ठानको आयोजना, इटहरी उप–महानगरपालिकाको सहआयोजना तथा इटहरी मेट्रिक्सको स्थानीय व्यवस्थापनमा मङ्गलबार(२०८० फागुन २९ गते )बाट कोशी ‘प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । सुनसरीको इटहरी मेट्रिक्समा भएको प्रदर्शनीको प्रदेशका सभामुख अम्बरबहादुर विष्टले उद्घाटन गर्नुभयो । प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख तथा कोशी प्रदेश समन्वय समिति संयोजक संजय वान्तवाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री रामकुमार सुब्बा, प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, मा. यशोदा, कायस्थ, मा. मिना श्रेष्ठ, मा. विनोद वान्तवा, इटहरी उप–महानगरपालिकाका प्रमुख हेमकण पौडेल, नेपाली सेनाका पूर्वी पृतना हे. क्वा.का पृतनापति उपरथी आशबहादुर तामाङ विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो जसमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा कलाकारहरूको समेत सहभागिता रहेको थियो । समारोहमा अग्रज संस्कृतिकर्मीहरू रामकुमार सुब्बा, श्रीकृष्ण जोशी, दल ब.तामाङ, निवास पोख्रेल, जीवनाथ पोख्रेल, रेनुका तिम्सिना, श्रीप्रसाद किराती, उषा अर्याललाई सम्मान गरिएको थियो । प्रदर्शनीमा १४९ कलाकारका २५५ भन्दा बढी कलाकृति राखिएको छ ।