नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नेपाली कलाकार, कला अध्येता तथा कला समीक्षकहरुको साझा संस्था हो । यसको मूल उद्देश्य कलाकृतिहरुको सिर्जना तथा तिनको प्रदर्शन गर्नु मात्र नभई कलाका विविध विधाहरुमा गरिने अध्ययन र अन्वेषणको लागि अनुकूल वातावरणको निर्माण गर्नु पनि हो ।

सङ्ग्रहालय

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा परम्परागत र समसामयिक चित्र, मूर्ति तथा कला सामग्रीहरुको दुर्लभ सङ्ग्रहसहितको सङ्ग्रहालय रहेको छ । सङ्ग्रहालयले नेपाली कला तथा संस्कृतिको दृश्यात्मक इतिहासलाई सुन्दर तरिकाले प्रदर्शन गर्दछ । यस सङ्ग्रहालयले नेपाली कलाको जगलाई प्रस्तुत गर्ने हुनाले यो स्थान कला ..

पूरा पढ्नुहाेस्

अरनिको प्रदर्शनी कक्ष

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला प्रदर्शनी गर्नको लागि अरनिको कला ग्यालरी स्थापना गरिएको छ । यो ग्यालरी नेपाली कलाको विकास तथा नेपाली कलाकारको हितको लागि समर्पित छ । यहाँ नेपाली कलाकारहरुले न्यूनतम शुल्क तिरी आफ्ना सृजनाहरु प्रदर्शनमा राख्न ..

पूरा पढ्नुहाेस्

प्रकाशनहरू

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले पश्चिमी कला, नेपाली कला, नेपाली चित्रकला, नेपाली मूर्तिकला, नेपाली हस्तकला तथा लोककलाको विषयमा विभिन्न पुस्तकहरु प्रकाशन गरिरहेको छ । सम्बन्धित विभागले लेखकहरुलाई शोधवृत्ति प्रदान गर्दै आइरहेको छ । त्यस अनुरुप कला इतिहासकार तथा कला समीक्षकहरुले आफ्ना विषयहरुमा ..

पूरा पढ्नुहाेस्