नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान समसामयिक चित्रकला विभाग र ज्योतिज आर्ट केयरको संयुक्त आयोजनामा बिहीवार (२०८१ वैशाख ६ गते )अमूर्त चित्रकला कार्यशाला तथा प्रदर्शनी सम्पन्न भएको छ । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले अमूर्तकलामा कला सिर्जनाको पाटो खुल्ला रहेको र कुनै पनि अवरोध नहुने बताउनुभयो । उहाँले यसलाई कुनै कलाको सिद्धान्तले नबाँध्ने बताउँदै कार्यशालामा सबै बालबालिकाले सिर्जना गरेका कलाकृति उत्कृष्ट रहेको धारणा राख्नुभयो । ‘बालबालिकालाई प्रोत्साहन गर्न र यस्ता कार्यक्रमहरू अझ महत्त्वपूर्ण हुन्छन्,’ उहाँले भन्नुभयो । समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवाले आगामी दिनमा बालबालिकालाई हौसला, प्रोत्साहन र प्रेरणा दिनका लागि विभिन्न सङ्घ–संस्थाहरूसँग मिलेर काम गर्दै जाने धारणा व्यक्त गर्नुभयो । उहाँले अमूर्त कला आफैमा गाह्रो कला भएको बताउँदै छोटो समयमा सरल अभिव्यक्तिमार्फत कला सिर्जना गरेकोमा बालबालिकाप्रति आभार व्यक्त गर्नुभयो ।
ज्योतिज आर्ट केयरकी ज्योति खड्काले बालबालिकालाई प्रतिष्ठानसम्म ल्याएर कार्यशालामा सहभागी गराउन पाउँदा धेरै आफू निकै खुसी भएको बताउनुभयो । समारोहमा कार्यशालामा सहभागीलाई प्रमाण–पत्रसमेत प्रदान गरिएको थियो । जसमध्ये उत्कृष्ट २ जनालाई सम्मानसमेत गरिएको थियो ।
कार्यक्रममा विदेशी कलाकार प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्रदिप शाक्य, चेक रिपब्लिककी कलाकार मिली जनकोभा, कलाकार वि.के नरबहादुर, तीर्थ निरौला, जुजुकाजी श्रेष्ठ प्रभात, नमूना ढकाल, गौरवरत्न वज्राचार्यलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा एन्जिला जोशी, बैभव न्यौपाने, एन्जिला श्रेष्ठ, बैकुण्ठ फुयाल, प्रकृति बिजुक्छे, हेमा पौडेल, कृष्टिना पौडेल, देवांशी काफ्ले, अनिमेश सिंह, अस्मी घले, पूर्णिका थापा, राजकुमार थापा, भूमि न्यौपाने, नैतिक श्रेष्ठ, जेसना श्रेष्ठ, रितवेद गुरुङ, रोसनी पौडेल, कायलिन गुरुङ, सिर्यना पौडेल, सयाना पौडेल, आयुसा श्रेष्ठ, प्रकृति श्रेष्ठ, युक्ता नेपाल, विश्वास जोशी, अस्विन सुन्दास, जय श्री जोशी, भूमि न्यौपाने, कृष्नांगी ढुंगाना, आराधना ढुङ्गाना, नयना मल्ल, आर्या खनाल, श्रीयाना फुयाँल, रिया श्रेष्ठ, प्रनप पौडेललगायतको सहभागिता रहेको थियो ।