नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागद्वारा कला कार्यशाला तथा कलाप्रदर्शनी २०७४ पोखरामा सम्पन्न गरेको छ । तनहुँ, लमजुङ, गोरखा, पर्वत, स्याङजा, बागलुङ, म्याग्दी र कास्की तीस कलाकार सम्मेलित कला कार्यशालाको समुदघाटन २०७४ जेष्ठ १३ गते नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले गर्दै कलामा नयाँ पक्षका अवधारणालाई दृष्टि दिँदै कलाका लागि अझै काम गर्न बाँकी रहेको कुरा व्यक्त गरेका थिए । 
उक्त अवसरमा सिर्जना भएका कलाकृतिहरुको प्रदर्शनी २०७४ जेष्ठ १५ गते पोखरा आर्ट ग्यालरी महेन्द्रपुलमा एक भव्य समारोहका वीच पोखरा लेखनाथ महानगर पालिकाका नवनिर्वाचित मेयर मान बहादुर जी.सी.ले रिवन काटेर समुदघाटन गरेका थिए । पोखरा उपत्यका पाकृतिक रुपले मुलुककै राजधानी हो भन्दा सबैलाई चित्त बुझ्ने बताउँदै नेपाली कला उत्थानका लागि पोखराले पु¥याएको योगदानको चर्चा गर्दै मलाई पनि कलाको क्षेत्रमा केही गर्नु पर्छ भन्ने इच्छा छ । कार्यक्रम सहित आउनुहोस् कला उत्थानका लागि हातेमालो गरि अगाडि बढौं भन्ने भावना व्यक्त गरे । उक्त अवसरमा कार्टुनिष्ट दुर्गाबराल, जे.के. कला संग्रहालयका अध्यक्ष अशोक पालिखे, कवि तीर्थ श्रेष्ठ र मकालु टेलिभिजनका अध्यक्ष गंगा सुवेदीले आ–आफ्नो भावना र अनुभुति व्यक्त गरेका थिए । कार्यक्रमका संयोजक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य तथा चित्रकला विभाग प्रमुख रमेश श्रेष्ठले कला कार्यशालामा कलाकार आफुले आफैलाई जाँच्ने अवसर पाउँछ, नयाँ र पुराना कलाकारहरुलाई जोड्ने पुल बनाउँछ, यसले विभिन्न ठाउँमा छरिएर बसेका कलाकारहरुको कलात्मक भावनाको माला बनाउँछ, समग्रमा नेपाली कलालाई आफु बाँचेको समयको चुचुरोमा पु¥याउने प्रयत्न गर्छ भन्दै प्रतिष्ठानले चाँडैनै प्रभावकारी कार्यक्रमहरु ल्याउने जानकारी दिए । 
सिर्जनशिल कलाकार समुह पोखराका अध्यक्ष सुर्य वराइलीले संचालन गरेको उक्त कार्यशाला तथा प्रदर्शनी कार्यक्रममा कलाकारहरु गोपाल श्रेष्ठ, यादवचन्द्र भुर्तेल, आलोक गुरुङ, रमेश श्रेष्ठ, बुद्धि गुरुङ, मुकुन्द शाक्य, डिराम पाल्पाली, सुर्य वराइली, केदार पालिखे, पदम घले, किरण रन्जित, विश्व के.सी., विश्वराज पराजुली, गंगा सुबेदी, अरुणा हिमाङ, किरण गुरुङ, निशा पुन, मछिन्द्र शाक्य, टेक बहादुर क्षेत्री, सुभिक्षा न्यौपाने, झविन्द्र गुरुङ, दल बहादुर गुरुङ, जगत पुन, थमान सिंह सुनार, ज्योती गुरुङ, सुदिन श्रेष्ठ, निसान थापा, आकाश गुरुङ, वावुराम वस्ताकोटी सहभागी रहेका थिए । कला प्रदर्शनी २०७४ जेठ १९ गते सम्म चलेको थियो ।