नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग, होसेल युनिभर्सिटी टाकियो जापान र राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालको आयोजनामा सोमबार (कार्तिक १३, २०८०)बाट ‘आवर क्रियसन’ नामक चित्रकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र होसेल युनिभर्सिटीका प्रोफेसर सानु सानले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, प्राज्ञपरिषद् सदस्य प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा, राष्ट्रिय अपाङ्ग महासंघका महासचिव सुगम भट्टराई लगायतको सहभागिता रहेको थियो । बुधबारसम्म चल्ने यस प्रदर्शनीमा १८ नेपाली (शारीरिक अपाङ्गता भएका) र ७ जापानी कलाकारका कलाकृति रहेका छन् ।