प्रिन्ट मेकिङ कार्यशालाको समापन ः
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभाग र प्रिन्ट मेकिङ नेपालको संयुक्त आयोजनामा १० दिन देखि संचालनमा रहेको प्रिन्ट मेकिङ कार्यशालाको आज समापन भएको छ । कार्यशालाको समापन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के.कर्माचार्यले गर्नु भएको छ । कार्यक्रममा कुलपतिको साथै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव विपिन घिमिरे, प्राज्ञ सुषमा राजभण्डारी, प्राज्ञ बुद्धि गुरुङ्ग, प्राज्ञ मिथिलादेवि यादव, प्रिन्ट मेकिङ नेपालका अध्यक्ष उमाशंकर शाह, वरिष्ठ कलाकार डा.सिमाशाह र वरिष्ठ कलाकार विजय थापा तथा अन्य गन्य मान्य व्यक्तिहरुको समेत उपस्थित रहेको थियो ।
प्रिन्ट मेकिङ नेपालका अध्यक्ष उमाशंकर शाहले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभागको सहयोगमा आयोजना भएको कार्यशाला सफल भएको भनाई राख्नु भयो ।
नेपाल ललितकला प्रज्ञा–प्रष्ठिानकी प्राज्ञ तथा चित्रकला विभागका प्रमुख सुषमा राजभण्डारीले १० दिन सम्म निरन्तर वरिष्ठ कलाकारहरु देखि युवाकलाकारहरु एकै थलोमा बसेर काम गरेको परिणाम स्वरुप हो र कार्यशालामा बनेका कृतिहरुको प्रदर्शनी गर्ने र चाडै नै दस्तावेदको रुपमा रहने गरी बृहत गोष्ठीको आयोजना चित्रकला विभागले गर्नेछ । कलाको जुन सुकै विधामा लागे पनि जस्तो सुकै अवरोधको सामना गर्न हामी कलाकारहरु एकत्रित हुनसमेत आवहन गर्नु भयो र कार्यशालामा भाग लिनु भई चित्रकला विभागलाई साथ दिनु हुने सबैलाई हृदय देखि धन्यवाद दिनु भयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के.कर्माचार्यले यो विधालाई माथि लान प्रष्ठिानले सग्दो सहयोग गर्ने बाचागर्नु भयो र सहभागीकलाकारहरुलाई प्रमाण–पत्र वितरण गर्नु भयो ।
यस कार्यशालामा सहभागी कलाकारहरु विरेन्द ्रप्रताप सिह, उमाशंकर शाह, डा.सिमाशाह, सुषमा राजभण्डारी, सुर्दशनविक्रम राणा, सुनिता राणा, सम्झना राजभण्डारी, विपनामहर्जन, अमनमहर्जन, अमिर महत, अनिलमचामसी, अनिता भट्टराई, भिसान राजभण्डारी, विद्यामान तामाङ्ग, दिपक मेहता, दिपक आउजी, दुर्गा सुनुवार, हितेश वैद्य, जगदिशलामा, जेनी घले, कृष्ण राउत, लक्ष्मि प्रसाद , म¥जु खड्गा, मनिषा मानन्धर, मेनुका शाही, नविना सुनुवार, पुजा दुवाल, रविता किसी, रुकमणी श्रेष्ठ, संगिता घिमिरे, सन्तोष सिग्देल, सिसजेन जाबेगु, सोनी राई, सुभाष तामाङ्ग, सुदेष श्रेष्ठ, सुजनविर बज्राचार्य, सुजिता महर्जन, सुरेशा महर्जन, तामा तामाङ्ग, तासी लामा, तिसा श्रेष्ठ, साकार खड्गी, टिकादत्त दाहाल, उमेश शाह, लगायत कलाकारहरुको सहभागिता रहेको छ ।