प्रिन्ट मेकिङ्ग कला कार्यशाला
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभाग र प्रिन्टमेकिङ्ग नेपालको संयुक्त आयोजनामा प्रिन्टमेकिङ्ग कलाकार्यशाला २०७६ पौष २ गते देखि ८ गते सम्म हुनेछ। कार्यशालाको उद्घाटन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के.कर्माचार्यले गर्नुभएको छ।
प्रिन्टमेकिङ्ग नेपालका अध्यक्ष उमाशंकर शाहले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभागलाई अझ सयोग र सद्भाग राख्न आग्रह गर्नुभयो। विश्वकलाको ईतिहास हेर्ने हो भने यो विधा निकै पुरानो हो, जुन पाँचौं सताब्दीबाट चिनदेखि शुरु भएको देखिन्छ। नेपाल ललितकला प्रज्ञा–प्रष्ठिानकी प्राज्ञ तथा चित्रकला विभागका प्रमुख सुषमा राजभण्डारीले यो विधालाई अरु विधाहरुलाई जस्तै सहयोग गर्ने बाचा गर्नु भयो। र निरन्तरताको लागि सबैलाई आवहन गर्नुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले यो विधालाई माथि लान प्रष्ठिानले सग्दो सहयोग गर्ने बाचा गर्नुभयो। यो कार्यशालामा ४५ जना वरिष्ठ कलाकारहरु देखि युवा कलाकारहरु जसमा विरेन्द्रप्रताप सिह, उमाशंकरशाह, डा।सिमाशाह, सुषमाराजभण्डारी, सुर्दशन विक्रम राणा, सुनिता राणा,सम्झना राजभण्डारी, विपना महर्जन, कला लिम्बु , अमन महर्जन, अमिर महत, अनिलम चामसी, अनिता भट्टराई, भिसान राजभण्डारी, विद्यामान तामाङ्ग, दिपक मेहता, दिपक आउजी, दुर्गा सुनुवार, हितेश वैद्य, जगदिश लामा, जेनी घले, कृष्ण राउत, लक्ष्मि प्रसाद , म¥जु खड्गा, मनिषा मानन्धर, मेनुका शाही, नविना सुनुवार,पुजा दुवाल, रविता किसी, रुकमणी श्रेष्ठ, संगिता घिमिरे, सन्तोष सिग्देल, सिसजेनजा बेगु,सोनी राई, सुभाष तामाङ्ग, सुदेष श्रेष्ठ, सुजन विरबज्राचार्य, सुजिता महर्जन, सुरेशा महर्जन, तामा तामाङ्ग, तासी लामा, तिसाश्रेष्ठ, साकार खड्गी, टिकादत्त दाहाल, उमेश शाह, लगायत कलाकारहरुको सहभागिता रहेको छ ।