यस प्रतिष्ठानमा रहेको यो विभाग नेपालका लोककला तथा लोककलाकारहरुको उत्थानप्रति समर्पित रहेको छ । यस विभागले नेपालमा रहेका विविध प्रकारका लोककलाको विकास र प्रवद्र्धनको लागि काम गर्दछ । विभागले नेपालभरि केकस्ता लोककलाहरु विद्यमान छन् भन्ने विषयमा अध्ययन गराउँछ । ग्रामीण इलाकामा रहेका कतिपय कलाकारहरुले पुस्तौंदेखि लोककलाको अभ्यास गर्दै आइरहेको हुन सक्ने भए पनि तिनीहरु वृहत् स्रोता वा दर्शकसम्म पुग्न नसकेका हुन सक्छन् । त्यस्ता लोककलाहरुको विषयमा अध्ययन अनुसन्धान गरी त्यसबाट प्राप्त निष्कर्षहरुलाई प्रकाशन गरेर हाम्रो लोककलालाई विश्वमा परिचित गराउन सकिन्छ । लोककलाका शैलीहरुमा कलात्मक गुण मात्र होइन व्यवहारिक महत्व पनि रहेको हुन्छ । लोककलाका सीप, विधि र परम्पराहरु कुनै संस्थागत तालिमविना नै पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण भइरहेका छन् । यसले गर्दा तिनीहरु अझैसम्म जीवित रहेका छन् । तथापि लोककलाका कतिपय परम्पराहरु विविध कारणले लोप हुने स्थितिमा रहेका छन् । त्यस्तो स्थितिमा पुगेका लोककलाकारहरुलाई सहयोग गरी लोककलाको जगेर्ना गर्नु पनि यस विभागको एउटा प्रमुख लक्ष्य रहेको छ । त्यस्तै लोककलालाई हाम्रो परिवेश अनुकूल बनाउने चुनौतीलाई कार्यरुप दिनेतिर पनि यो विभाग प्रयासरत छ । यस विभागको प्रमुखमा प्राज्ञिक परिषद्को कुनै एक सदस्यलाई नियुक्त गर्ने व्यवस्था गरिएको छ ।


 

विभागिय गतिविधिहरु