नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान वास्तुकला तथा अन्य सृजनात्मक कला विभागद्वारा आयोजना गरिएको ४ दिने Contemplation Video installation Workshop सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन प्रतिष्ठानका कुलपति श्री के.के. कर्माचार्यज्यूबाट पानसमा बत्ति बालेर गर्नुभएको थियो भने समापन कार्यक्रमको प्रमुख आतिथ्यता प्रतिष्ठानका उपकुलपति श्री गोपाल चित्रकारज्यूले गर्नुभएको थियो । उक्त कार्यशालाको प्रशिक्षण कलाकार जुपिटर प्रधानले गर्नुभएको थियो भने कार्यशालामा ११ जना कलाकार सहभागि थिए ।