नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजनामा शुक्रबारबाट सुरु भएको पफर्मेन्स आर्ट वर्कसप मंगलबार समापन भएको छ । कार्यक्रमको समापन समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, लोककला विभाग प्रमुख प्रदीप अधिकारी, परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीको सहभागिता रहेको थियो । कलाकार मनिषलाल श्रेष्ठ र पृथ्वी श्रेष्ठ प्रशिक्षक रहेको कार्यशालामा कलाकारहरु रविन्द्र श्रेष्ठ, मुना भडेल, निर्विता शाक्य, सरिना लामिछाने, श्रीमिला श्रेष्ठ, सुशान्त श्री राजभण्डारीको सहभागिता थियो । जसमध्ये मुनाले द मिसिङ, रविन्द्रले यु एन्ड मीः वी आर अल कनेक्टेड, निर्विताले इन हिअर एन्ड अर्थ, सरिनाले ह्वाट नेक्ट, श्रीमिलाले एअर, स्पेश इथर, र सुशान्तले इम्पर्मानेन्स शीर्षकमा आफ्नो पफर्मेन्स आर्ट प्रस्तुत गर्नुभएको थियो । कार्यशालाको समापन कार्यक्रममा बोल्दै कुलपति नारदमणि हार्तम्छालीले कलाकारले छोटो समयमा मिहिनेत गरेर दिएको प्रस्तुति राम्रो भएको बताउँदै उहाँले बधाई तथा शुभकामना दिनुभयो । उहाँले भन्नुभयो, ‘तपाईहरुले यहाँ प्रस्तुत गर्नुभएको धेरै कुरा मन प¥यो । सापेक्ष रुपमा तपाईहरु सफल हुनुहुन्छ । मलाई साह्रै खुसी लाग्यो । ओपन ग्राउन्डमा पनि सहज रुपमा प्रस्तुत गर्नुभयो ।’ यस कलालाई आगामी दिनमा मेनस्ट्रिममा जोडेर ललितकलामार्फत अघि बढाउनुपर्छ भन्दै उहाँले पफर्मेन्स आर्टमा टाइम, लाइट र मुभमेन्टलाई ध्यान दिनुपर्ने जिकिर गर्नुभयो । वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले ४ दिने कार्यशालामा प्रशिक्षकले पोलिस गरेर कलाकारलाई निकालेको र यसलाई राष्ट्रिय कला प्रदर्शनीका दौरान पनि निरन्तरता दिइने बताउनुभयो । ‘नेशनल एक्जिबिसनमा कसरी स्ट्रोङ्ग पफर्मेन्स गर्ने भनेर त्यसको तयारी स्वरुप यस कार्यशाला गरेका हौं । राष्ट्रिय कला प्रदर्शनीमा यसलाई अझ पोलिस गरेर प्रस्तुति दिइनेछ’, उहाँले भन्नुभयो । प्रशिक्षक मनिषलाल श्रेष्ठले कार्यशालाको दौरान कलाकारहरुबीच धेरै कुरा छलफल गरेको बताउँदै यस अवसरका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो युवापुस्ता जति इनरजेटिक छ, त्यसलाई ध्यान दिएर राष्ट्रिय कला प्रदर्शनीमा अझ राम्रो गर्ने प्रयत्न हाम्रो रहनेछ । त्यसका लागि पनि हामीले धेरै छलफल ग¥यौं ।’ उहाँले धेरै पर्सनल थट, सोसियल, पोलिटिकल, कल्चरल इसुमा पफर्मेन्स आर्ट गर्न सकिने बताउँदै कलाकारले आगामी दिनमा संयुक्त ढंगले समेत प्रस्तुत गर्न सक्ने बताउनुभयो । प्रशिक्षक पृथ्वी श्रेष्ठले कलाकारले छोटो समयमा पनि आफ्नो अपेक्षाभन्दा राम्रो गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आजबाट पोलिस गरेर काम गर्छन् । एक्सपेक्टेसन हाइ छ । सिकाएको कुरा मनन गरेर गरेकोमा खुसी लाग्यो ।’