नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आज (२०८३ भदौ २४ गते ) बाट Gen Z आन्दोलन, २०८२ का सहिद युवा कलाकार विनोद महर्जन तथा आन्दोलनका क्रममा घाइते हुनुभएका युवा फोटोग्राफर दीपेन्द्र ढुङ्गानाको सिर्जना, जीवनसङ्घर्ष, स्मृति र कलात्मक योगदानलाई सम्मानपूर्वक स्मरण गर्दै आन्दोलनका क्रममा खिचिएका फोटोहरू सम्मिलित विशेष कला प्रदर्शनी ‘प्रतिध्वनि’ सुरु भएको छ । प्रदर्शनी भदौ २८ गतेसम्म चल्ने छ ।


