नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान चित्रकला विभाग र वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको संयुक्त आयोजनामा प्रिन्टमेकिङ सम्बन्धि चार दिने कार्यशाला प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको उपस्थितिमा उद्घाटन गरियो । उक्त कार्यक्रममा उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्र थुम्केली, प्राज्ञपरिषद् सदस्य सौरगंगा दर्शनधारी, सञ्जय बान्तवा, दिनेश्वर महतो, पाल्साङ्मो लामा, प्रदिप अधिकारी (सुशान्त), अरुणा हिङमाङ लगायत प्रतिष्ठानका कर्मचारीको उपस्थितमा सहभागी कलाकारको माझमा मिति २०७९ फागुन २८ गते उद्घाटन गरियो । उक्त कार्यक्रमको सञ्चालन प्राज्ञ सञ्जय बान्तवाले गर्नुभएको थियो ।