वास्तुकला तथा अन्य सृजनात्मक कला विभागद्वारा मिति २०७५ माघ २४ गते दखि २७ गते सम्म विभिन्न कार्यक्रमका साथ सिर्जनात्मक कला महोत्सव–२०७५ को आयोजना गरियो । यस अन्तर्गत माघ २४ गते भावभङ्गीमा कला कार्यशाला तथा प्रतियोगिता माघ २५ गते कार्टुनकला प्रतियोगिता र माघ २६ गते वास्तुकला प्रवद्र्धनात्मक चित्रकला कार्यशाला तथा प्रतियोगिता आयोजना गरिएको थियो । माघ २७ गते प्रतियोगितामा विजयी हुने कलाकारहरुलाई पुरस्कार वितरण, डकुमेन्ट्रि निर्माण शुभारम्भ, पुस्तक लेखन सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न भयो ।