गण्डकी ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ बुधबार (२०८० फागुन २३ गते) सम्पन्न भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली हुनुहुन्थ्यो । कार्यक्रममा वक्ताहरूले प्रदर्शनीले स्थानीय कलाकारलाई प्रोत्साहन गर्न थप सहयोग गरेको र यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । समारोहमा गण्डकी प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीसँगै प्रदेशका अग्रज तथा नयाँ पुस्ताका कलाकारहरूको सहभागिता रहेको थियो ।