नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र कार्टुनिष्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा बुधबारबाट सुरु भएको ‘दुई दिने कार्टुन कला कार्यशाला’बिहीबार सम्पन्न भएको छ। कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, निवर्तमान कुलपति कान्छा कुमार कर्माचार्य, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख तथा कार्यशालाका संयोजक प्राज्ञ सौरगंगा दर्शनधारी, प्राज्ञ अरुणा हिङमाङ,कार्टुनिष्ट क्लब अफ नेपालका अध्यक्ष बासु क्षितिज, महासचिव रवि मिश्र, कोषाध्यक्ष रविन्द्र मानन्धर,निवर्तमान अध्यक्ष अविन श्रेष्ठ, कार्टुनिष्ट राजेश के.सी., अग्रज कलाकार अशोकमान सिंका लगायतको उपस्थिति रहेको थियो। समापन कार्यक्रममा कार्यशालामा सहभागी कलाकार, प्रशिक्षकहरुलाई प्रमुख अतिथि एवम प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा तथा प्राज्ञ सौरगंगा दर्शनधारीले प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गर्नुभएको थियो ।