नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मककला विभागको आयोजना र नेपाल कमर्सियल आर्टिष्ट संघ, रुपन्देहीको स्थानिय व्यवस्थापनमा २०७४ जेष्ठ १२ गतेदेखि १४ गतेसम्म बुटवलमा प्रदेश—नं.४, ५ र ६ का प्रतिनीधि कलाकारहरूसहित तीसजना प्रत्यक्ष सहभागी लगायत अन्य स्थानिय व्यक्तित्वहरूको पनि उपस्थितिमा तीनदिन सम्म अन्तरक्रियात्मक तथा प्रयोगात्मक गोष्ठी सफलतासाथ सम्पन्न भएको छ ।नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मककला विभागको आयोजना र नेपाल कमर्सियल आर्टिष्ट संघ, रुपन्देहीको स्थानिय व्यवस्थापनमा २०७४ जेष्ठ १२ गतेदेखि १४ गतेसम्म बुटवलमा प्रदेश—नं.४, ५ र ६ का प्रतिनीधि कलाकारहरूसहित तीसजना प्रत्यक्ष सहभागी लगायत अन्य स्थानिय व्यक्तित्वहरूको पनि उपस्थितिमा तीनदिन सम्म अन्तरक्रियात्मक तथा प्रयोगात्मक गोष्ठी सफलतासाथ सम्पन्न भएको छ । नेपाल कमर्सियल आर्टिष्ट संघका अध्यक्ष एच.वि.रम्तेलको सभापतित्व र स्थानिय अग्रज थाङ्का कलाकारः नर्बु लामाज्यूबाट उद्घाटन भएको कार्यक्रममा कार्यपत्र प्रस्तोताद्वयः जुपिटर प्रधान (सर्टभिडियोआर्ट) र सपना शाह (कला फोटोग्राफी)ले सहजिकरण गर्नु भएको उक्त गोष्ठीमा विशेष अतिथीको रुपमा विमल ब.शाक्यले ‘कलालाई जिविकोपार्जनसँग समेत जोड्दै आफ्नो सीप–सिर्जनाको विकास गर्न अधिकारको माग र कर्तव्य–पालनाको संयोजित रुपमा निरन्तरता दिनुपर्ने !’ बताउनु भयो ।आयोजकको तर्फबाट विभागीय प्रमुखः प्राज्ञ, नारदमणि हार्तम्छाली “कलाङ” र संयोजकः प्राज्ञ, ज्योति वि.क.ले कार्यक्रमको उद्देश्य र औचित्य बारे उल्लेख गर्नु हुदै उक्त कार्यक्रमको संस्थागत व्यवस्थापन गर्नु भएकोमा, विशेष भूमिका कलाकार मनु गोल्डी र वेनु प्र.थापाको पनि रह्यो ।जुन गोष्ठीको कार्यक्रमिक पृष्ठ–प्रसंङ्गमा यो कुरा उल्लेख गरिएको थियो । —“ललितकलामा समसामयिक रुपले समाजको भावनात्मक सौन्दर्य अभिव्यक्त गर्न अत्याधुनिक प्रविधिगत साधन र माध्यमको उपयोगबाट पनि नयाँ कलाशैलि र अवधारणा प्रस्तुत गर्ने गरिन्छ । कुनै पनि वस्तु र घटनाप्रतिको अनुभूतिजन्य अवधारणा आजको बहुल प्रविधी सहित एकिकृत संस्लेषणमा दृष्यहरू प्रस्तुतिने प्रतिस्थापनकला जस्तालाई समेत समिश्रण गरेर कलाफोटोग्राफी तथा स्पर्स श्रव्य–दृष्यमै भावभंगिमाकलालाई समेत समायोजन गरेर सर्टभिडियोआर्टको रुपमा प्रस्तुतिने कला हाम्रो समाजले पनि स्विकार्दै जाँदैछ । आजकल, त्यही विधि–पद्धति विशेषतः वि.स.२०४६ साल पछि प्रचलन सुरु हुन थालेयता नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आफ्नो ऐंन–नियमानुसार वार्षिक योजनागत कार्यक्रम र राष्ट्रिय प्रदर्शनीमासमेत यो कला–शैली र माध्यमलाई पनि उपविधाको रुपमा समेट्दै आईरहेको छ ।  प्रचारात्मक तथा प्रयोगात्मक रुपले सहभागीहरुविच आपसी अन्तरक्रियासहित आन्तरिक प्रतिस्पर्धात्मक रुपमा ‘फिल्ड ओर्क’ सहित तीनदिनसम्म संचालन भयो । कार्यक्रम सम्पन्न भई सकेपछि सहभागी आफुले बुझिआएको र सिर्जना गरेको कलाको आफैबाट समिक्षा सूरु गर्ने तथा ललितकलाको आधारमा कलाफोटोग्राफी र सर्टभिडियोआर्टलाई बुझि प्राविधिक सवालसँगै के, कसरी, कलाप्रस्तुति गर्ने गरिन्छ तथा नयाँ प्रक्रिया÷शैली के–के हुनसक्छ  भन्ने पूर्वआँकलन र नवावधारणा बनाउनसमेत उत्प्रेरणा केही मिलेको भनाई सहभागीहरुको पाइयो । योजना अनुसारको सहभागी संख्या सर्टभिडियो कलामा कम रह्यो भने त्यसको लागि कार्यक्रमिक योजना अझ सुक्ष्म र व्यवहारिक बनाउन साथै समयावधि पनि थप्न पर्ने देखियो ।