नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मककला विभागद्वारा आयोजना गरिएको सिर्जनात्मककला गोष्ठीको प्रमुख अतिथि कुलपति कान्छा कुमार कर्माचार्यले पानसमा दीप प्रज्वलन गरेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्साल, काठमाडौमा समुद्घाटन गर्नु भयो । उद्घानको क्रममा कुलपतिले कार्टुनकला, Installation र Performance art को एकै ठाउँमा सँगै यस किसिमको गोठी गर्दा समय र बजेट किफायती हुनुको साथै सहभागी कलाकारहरुले कलाका विविध विधा बारे जन्न बुझ्न पाउने अवसर हो भनी व्याख्या गर्नु भयो ।
उक्त गोष्ठीमा तीन वटा छुट्टा छुट्टै कला विधाका कार्यपत्रहरु प्रस्तुत गरियो । जसमा फरक विधाका तीन जना विज्ञहरुलाई आ–आफ्नो विधागत कार्यपत्र प्रस्तुति र टिप्पणी सत्रमा अध्यक्ष बनाइयोे । जसमा कार्टुन विधामा प्रा.डा. रामकुमार पाँडे, Performance art विधामा प्राज्ञ रमेशनाथ खनाल र Installation art तर्फ सुजन चित्रकारले अध्यक्षता गर्नु भयो ।
कार्यक्रममा प्रथम कार्यपत्र कार्टुनिष्ट क्लव अफ नेपालका अध्यक्ष अविन श्रेष्ठले नेपाली कार्टुनकलाको वर्तमान अवस्था र चुनौति विषयमा प्रस्तुत गर्नु भएको थियो भने त्यस कार्यपत्र माथि योगेस खपांगीले टिप्पणी गर्नु भयो साथै सहभागी कलाकारहरुले आफ्नो सुुझाव तथा जिज्ञासाहरु राख्नु भयो । जसले गर्दा सहभागी कलाकारहरुले कार्टुनकला र कार्टुनकलाको वर्तमान अवस्था बारे स्पस्ट भएकोमा जनाए ।
त्यस्तै, कार्यक्रमको दोश्रो सत्रमा सौरगंगा दर्शनधारीले Performance art in Nepal भन्ने शिर्षकमा कार्यपत्र प्रस्तुत गर्नु भयो भने कार्यपत्र माथि टिप्पणी सरोज बज्राचार्यले गर्नु भयो । दर्शनधारी लामो समयदेखि देशका विभिन्न ठाउ्रँहरु काम गर्दै आउनु भएको छ । कार्यपत्रमा Performance art को बारेमा स्पस्ट पारिएको थियो ।
कार्यक्रमको तेस्रो कार्यपत्र कलाकार मनिषलाल श्रेष्ठले Installation Art in Nepal भन्ने शिर्षकमा प्रस्तुत गर्नु भयो भने कार्यपत्र माथि टिप्पणी मुकेश मल्लले गर्नु भयो । उहाँले विभिन्न ठाउँमा भएका Installation art का चित्रहरु प्रोजेक्टर मार्फत देखाउनु भएको थियो । जसले गर्दा सहभागीहरुलाई Installation art को बारेमा बुझ्न सजिलो भएको थियो ।
अन्तिम मन्तव्य नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य संजय वान्तवाले गोष्ठीमा प्रस्तुत गरिएका कार्यपत्रहरु इतिहास, राजनीति, समसामयीकता, कलाकारहरुको वर्तमान अवस्था र हाल कलाको अवस्था बारेमा सान्दर्भिक कार्यपत्र प्रस्तुत गरिदिनु भएकोमा प्रस्तोताहरुलाई धन्यवाद दिनु भयो ।
कार्यक्रमको अन्त्यमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले करिब ६० जना सहभागीहरुलाई प्रमाण–पत्र वितरण गर्दै विधागत् कार्यक्रमका अध्यक्ष, विभागीय प्रमुख, कार्यपत्र प्रस्तोता, टिप्पणीकार, सहभागी कलाकार र कर्मचारीलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गर्नु भयो ।