नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान परम्परागत चित्रकला विभागको आयोजनामा दुई दिने थाङ्का÷पौभासम्बन्धी अन्तरक्रिया कार्यक्रम बिहीबार भयो । कार्यक्रममा प्रतिष्ठानका परिषदज्यूहरु– कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, लोककला विभाग प्रमुख प्रदीप अधिकारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, प्राज्ञसभा सदस्य लालमान लामा, अशोक लामा, सुन्दर सिंख्वाल, झिंग्मे लामा, निरिमाया लामा, महेन्द्र सुनार, थाङ्का÷पौभा कलाकार, पत्रकार लगायतको उपस्थिति रहको थियो ।
श्रद्धेय गुरु टुल्कु ज्याङम्याङले थाङ्का कलामा बौद्ध दर्शनको विषयमा ‘किवंदन्ती अनुसार परम्परागत कला (थाङका, पौभा) कलाको इतिहास सम्बन्धमा जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘बुद्ध स्वयम हुनुहुँदा द्दम्–घम् कला (चित्रकला र मूर्तिकला) को सुरुवात भइसकेको थियो । उहाँले सामान्य रुपमा कलाको विभाजन गर्दै कला दुई प्रकारका संसारिक कला र अलौकिक कला हुने बताउनु भयो । संसारिक कला भन्नाले आफ्नो भित्री मनमा भएको कुरालाई व्यक्त गरेर समाजमा परिवर्तन ल्याउने यसको मुलविन्दु हो । त्यसैगरी अलौकिक कला भनेको स्वयम् आफैमा परिवर्तन ल्याउने हो । यसका पनि २ प्रकार छन् ः पुण्य सञ्चय र ज्ञान सञ्चय । बुद्धत्व प्राप्त गर्न पहिला पुण्या सञ्चय प्राप्त गर्नुपर्दछ भने दोस्रो ज्ञान सञ्चय प्राप्त गर्नुपर्दछ । स्तुप भनेको बुद्धको चित्तको स्वरुप हो । चित्तको स्वरुप पाँचवटा ज्ञान हुन्छन् जसमा शून्यताको ज्ञान, प्रकटको ज्ञान, समान्ताको ज्ञान, विविधताको ज्ञान र परहितको ज्ञान हुन्छन् । उहाँले भन्नुभयो, “नेपालमा भएको कला र संस्कृति फरक किसिमको भएता पनि युवाहरुले चासो देखाएको देखिँदैन । हामी कला संस्कृतिमा निपूणको कारणले हामीले हाम्रो दर्शनलाई नकार्नु हँुदैन ।’
यसैगरी टिप्पणीकर्ता नविन मोक्तानले भन्नुभयो, “थाङ्का कलाले हाम्रा चित्तको अवस्था देखाउँछ । यो आफैमा विविधता छ । बौद्ध धर्मको विभिन्न पक्षलाई दर्शाउँछ । शान्त तथा क्रोध दुवै रहेको हुन्छ ।
अन्त्यमा धन्यवाद ज्ञापन गर्दै कुलपति नारदमणि हार्तम्छालीले दुई विद्वान प्राज्ञिक व्यक्तित्वबाट जुन प्रवचन सुन्न पाइयो म ज्यादै प्रभावित भए । हामीले कलाको सौन्दर्यको रुप हेर्छौ र सबै कुरालाई होलिस्टिक अप्रोचमा समावेश गरेका हुन्छौ भन्दै परम्परागत चित्रकला विभागले आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्दै सबै सहभागी महानुभावलाई धन्यवाद ज्ञापन गर्नुभयो ।