नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा नेपाल कमर्सियल आर्टिस्ट सङ्घ, सुर्खेतको संयोजनमा फागुन ६ गतेदेखि १० गतेसम्म हुन गइरहेको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ का लागि सोमवार (२०८१ माघ १४ गते) १८ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ । प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख तथा कर्णाली प्रदेश समन्वय समिति संयोजक पाल्साङ्मो लामाका अध्यक्षतामा बसेको भेलाले गठन गरेको समितिमा प्रतिष्ठानका प्राज्ञसभा सदस्य झिग्मे लामा सह–संयोजक रहनुभएको छ । भेलामा सहभागी कलाकार तथा प्रतिनिधिहरूले कर्णाली ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ लाई सफल बनाउन आवश्यक समन्वय तथा सहयोग गर्ने बताउनुभएको थियो ।