नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान परम्परागत चित्रकला विभागको आयोजनामा बिहीबार (२०८० मङ्सिर २१ गते) मुस्ताङका कलाका बारेमा अन्तरक्रिया सम्पन्न भएको छ । मुस्ताङका कलाकार छिरिङ फोन्जो गुरुङले पावरप्वाइन्ट प्रिजेन्टेसनमार्फत त्यहाँका गुम्बा, चैत्य, गुफादेखि घर–सम्पदामा रहेका कलाका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा बोल्दै कलाकार छिरिङले नेपालको हिमाली भेगका कलालाई खोज–अनुसन्धान र प्रवर्धन गर्न जरुरी रहेको उल्लेख गर्दै कलामार्फत पर्यटन विकास गर्न राज्यले ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो । यसका साथै उहाँले नेपालको हिमाली क्षेत्रमा छुट्टै विशेषता बोकेका विभिन्न चाडपर्वहरूका बारेमा चर्चा गर्दै मौलिक कला संस्कृतिको जगेर्ना गर्न युवापुस्ता सक्रिय हुनुपर्ने धारणा राख्नुभयो । प्राज्ञपरिषद् सदस्य पाल्साङ्मो लामाले मुस्ताङका कलाका बारेमा अध्ययन–अनुसन्धान गरी त्यहाँको मौलिकता र परम्परालाई खोजी गर्नु नै कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो ।
अन्तक्र्रियात्मक रूपमा गरिएको यस कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्य प्रदीप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय बान्तवा राई, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य प्रदीप शाक्य, सुन्दर सिंख्वाल, झिग्मे लामालगायतको उपस्थिति रहेको थियो ।

Developed by : Prosys Solution - © 2026 Nepal Academy of Fine Arts All Rights Reserved.