‘ललितकला मेला– २०८२’ अन्तर्गत शुक्रवार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ का लागि शुक्रवार (२०८२ वैशाख ०५ गते ) ‘ब्यानर लेखन प्रतियोगिता’ सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभएको प्रतियोगितामा किशोर चौधरी, घनश्याम चौधरी, मोतीलाल राई, अन्दीलाल सरदार, राधेश्याम चौधरी, हरिकृष्ण चौधरी, कालिन्द्र प्र.चौधरी, विक्रम चौधरी, विर्जु चौधरी, रमेशकुमार चौधरी, कृष्ण मण्डल, उमेश साह तेली, सन्तोष वि.सी. डम्फे तामाङ, रामकृष्ण चौधरीलगायतका कलाकारको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन प्राज्ञ चन्द्रकुमार राईले गर्नुभएको थियो ।

Developed by : Prosys Solution - © 2026 Nepal Academy of Fine Arts All Rights Reserved.