नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा नेपाल कमर्सियल आर्टिस्ट सङ्घ जिल्ला कार्यसमिति सुर्खेतको समन्वयमा कर्णाली प्रदेशको सुर्खेतमा फागुन १७ गतेदेखि २१ गतेसम्म हुने ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’का लागि प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख तथा कर्णाली प्रदेश समन्वय समिति संयोजक पाल्साङ्मो लामा, प्रतिष्ठानका प्राज्ञ सभा सदस्य झिग्मे लामा, शिक्षासेवी,समाजसेवी, अग्रज तथा समकालीन कलाकारहरूलगायतको उपस्थितिमा आइतबार (२०८० फागुन १३ गते) प्रदेशको मूल आयोजक समितिको पूर्ण बैठक सम्पन्न भएको छ । बैठकमा प्रदर्शनीलाई सफल र प्रभावकारी बनाउने विविध विषयमा छलफल भएको थियो । यसका साथै आइतबार प्रदर्शनीका विषयमा प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार विसीसँग समेत छलफल गरिएको छ ।