नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा थेक्छेन पेमा छोलिङ गुम्बा, सोलुखुम्बुका आयोजनामा २०८२ वैशाख २९ गतेदेखि जेठ ४ गतेसम्म सोलुदुधकुण्ड नगरपालिकास्थित थेक्छेन पेमा छोलिङ गुम्बा, सोलुखुम्बुमा सम्पन्न भएको राष्ट्रिय युवा कला प्रतियोगिताको अन्तिम चरणमा छानिएका कलाकारलाई प्रमाण–पत्र र विजयी कलाकारलाई शुक्रवार (२०८२ साउन ३० गते ) पुरस्कार प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीका प्रमुख आतिथ्य, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामाको विशेष आतिथ्य तथा थेक्छेन पेमा छोलिङ गुम्बाका अध्यक्ष ई.तेन्जी शेर्पाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतियोगितामा सहभागी कलाकार तथा थेक्छेन पेमा छोलिङ गुम्बा, सोलुखुम्बुका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

 

Developed by : Prosys Solution - © 2026 Nepal Academy of Fine Arts All Rights Reserved.