नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा मङ्गलवार (२०८२ मङ्सिर ९ गते) ‘परम्परागत चित्रकला हिजो र आज’ विषयक कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्य र परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामाको सभाध्यक्ष रहेको उक्त कार्यक्रममा परम्परागत चित्रकला क्षेत्रलाई प्रतिनिधित्व गर्ने कलाकारहरूको उपस्थिति रहेको थियो ।

