वागमती प्रदेशको रामेछापस्थित सुनापति गाउँपालिकालाई थाङ्कु\थाङ्का हब बनाउन सम्भाव्यता अध्ययन गर्न गठन गरिएको समितिका संयोजक एवं सुनापति प्रज्ञा प्रतिष्ठानका उपकुलपति मानबहादुर दोङले बिहीबार(२०८० चैत २२ गते) नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलाई प्रतिवेदन प्रदान गर्नुभएको छ । सो अवसरमा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’, परिषद् सदस्यहरु प्रदिप अधिकारी, दिनेश्वर महतो, सौरगंगा दर्शनधारी, संजय वान्तवा राई, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य लालमान लामा, अशोक लामा, झिग्मे लामा, संगी श्रेष्ठ, प्रदिप शाक्य, कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, नगेन्द्रप्रसाद पौड्याल लगायतको उपस्थिति रहेको थियो । 
सम्भाव्यता अध्ययन प्रतिवेदन लेखन समितिमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य पाल्साङ्मो लामा, प्राज्ञसभा सदस्य निरीमाया लामा, सुनापति गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष डण्डुप लामा र सुनापति गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमलबहादुर बम रहनुभएको थियो ।