“नेपाली परम्परागत पौभा÷थाङ्का चित्रकलामा शिल्पको वर्तमान चुनौती” विषयक कार्यपत्र प्रस्तुति, वैचारिक गोष्ठी

२०७५ फागुन १० गते

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री के.के. कर्माचार्यज्यूको प्रमुख अतिथ्यितामा एक भव्य समारोहका बिच परम्परागत शिल्पकला विभागद्वारा आयोजना गरिएको “नेपाली परम्परागत पौभा÷थाङ्का चित्रकलामा शिल्पको वर्तमान चुनौती” विषयक कार्यपत्र प्रस्तुति, वैचारिक गोष्ठी सम्पन्न भयो ।

कार्यक्रमको सभापतित्व परम्परागत शिल्पकला विभाग प्रमुख श्री बुद्धि बहादुर गुरुङ्गले गर्नुभएको थियो भने कार्यक्रमको विषेश अतिथिमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारज्यू र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव विपिन कुमार घिमिरेज्यू रहनु भएको थियो ।

यसै अवसरमा कलाकार श्री पूर्ण प्रसाद ह्योजुज्यू र कलाकार एवं प्रतिष्ठानको हस्तकला विभाग प्रमुख श्री धर्मराज शाक्यज्यूूले “नेपाली परम्परागत पौभा÷थाङ्का चित्रकलामा शिल्पको वर्तमान चुनौती” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कला समीक्षक श्री ज्ञानेन्द्र विवशज्यू र कलाकार श्री भूमिराज चौलागाईज्यूले प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो ।

साथै, कार्यक्रमको अन्त्यमा कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री के.के. कर्माचार्यज्यूबाट उपस्थित सम्पूर्ण कलाकारज्यूलाई प्रशंसा–पत्र तथा कदर–पत्र वितरण गर्नुभएको थियो ।