नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परम्परागत चित्रकला विभागको आयोजना तथा अक्षेश्वर परम्परागत बौद्धकला महाविद्यालय (कलेज) र सिर्जना कलेज अफ फाइन आर्टको समन्वयमा पौभा÷थाङ्का सम्बन्धि ५ दिने प्रशिक्षण कार्यक्रम मङ्गलबार सिर्जना कलेजको परिषरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
सहभागी ३२ जना कलाकारलाई प्रमाण–पत्रले सम्मान गर्दै कुलपति हार्तम्छालीले भन्नुभयो “कलालाई जीवन दर्शनको रुपमा हेर्ने हो भने यो सीप मात्र नभएर साध्य पनि हो र समाधिसम्म पुग्न निकै गहन रुपले लाग्नुपर्ने कुरा बताउदै चरम सन्तुष्टिको अर्थ मूल ध्येयमा चढ्न भएको छ । यसलाई पुरु गर्न तपाईहरुले व्यापक अध्ययन गर्नु पर्ने कुरा बताउनु भयो । प्रतिष्ठानले तपाईहरुलाई प्राविधिक रुपले गर्ने सहयोग गर्ने छ भन्नुभयो ।
कार्यक्रममा शुभकामना व्यक्त गर्ने क्रममा सिर्जना कलेजका प्रिन्सिपल डा.बालकृष्ण रञ्जितले यो छोटो समयमा शान्तपूर्वक यहाँहरुले जे सिक्नु भयो त्यो पर्याप्त छैन । विश्वमान चित्रमा लिच्छवीकाल र मल्लकालमा विकसित भएको परम्परागत कला विश्वकै उत्कृष्ट कला भएको जिकिर गर्नु भयो । उहाँले बेल्जियम, लक्जम्बर्ग, फिनल्याण्ड, स्वीडेन, नर्वे, अमेरिकाजस्ता विकसित मूलुकहरुले जति विकास गरे पनि संस्कृति र कलाको धनी हाम्रो मूलुक रहेको कुरा बताउनु भयो ।
कार्यक्रममा प्रशिक्षक प्राज्ञ सुन्दर सिंख्वाल, प्राज्ञ निरिमाया लामा, कलाकार रामप्रकाश श्रेष्ठ, सुर्जमूनि शाक्य र राजु लामाले पौभा÷थाङ्कासम्बन्धी प्रशिक्षण गर्नु भएको थियो । उपस्थित सवैलाई स्वागत मन्तव्य प्राज्ञ सुन्दर सिख्वालले गर्नु भएको थियो भने सहभागी प्रशिक्षकको तर्फबाट कला शिक्षक सुर्जमुनि शाक्यले कलर कसरी मिसाउने, रेखा कसरी कोर्ने रिसर्च बेसमा यहाँहरुले सिक्नु भएको कलालाई व्यवहारिक रुपमा गर्न नभुल्नु होला भन्नु भयो ।
कार्यक्रमको अन्त्यमा प्राज्ञ पाल्साङ्मो लामाले तपाईहरुले जुन ज्ञान प्राप्त गर्नुभयो यो कठिन विधा हो । साथै यो महत्वपूर्ण विषय हो । नेवारी समुदायबाट पौभा र तामाङ समुदायबाट थाङ्का आयो र विकसित भयो । यो राष्ट्रको लागि गौरवको विषय पनि हो । भन्दै ३ वटा प्रसंग जोड्दै निर्वाण ः भव चक्र विज्ञान हो, महायान ः जति पनि मूर्तिकला उपत्यकामा छन् ती सबै महायानअन्र्तगत छन् । त्यसैगरी बज्यान चाहिँ निकै लामो साधनापछि मात्र प्राप्त हुने कुरा बताउँदै कार्यक्रमको समापन गर्नु भयो ।
Developed by : Prosys Solution - © 2026 Nepal Academy of Fine Arts All Rights Reserved.