नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, परम्परागत शिल्पकला विभागद्वारा गण्डकी प्रदेश, कास्की जिल्लाको धम्पुसमा आयोजना गरेको “तीन दिने थाङ्का÷पौभा शिल्पकला प्रशिक्षण कार्यशाला–२०७५” कार्यक्रमको मिति २०७५ साल चत्रै ३ गते आइतबार, प्रमुख अतिथि अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति धम्पुसका अध्यक्ष श्री दल बाहादुर गुरुङज्यूको आतिथ्यमा समापन गरियो । कार्यक्रमको उद्घाटन मिति २०७५ साल चत्रै १ गते शुक्रबार, प्रमुख अतिथि पोखरा महानगरपालिका का मेयर श्री मान बहादुर जी.सीज्यूको प्रमुख आतिथ्यमा पानसमा दिप प्रज्वलन गरि गरियो । कार्यक्रममा विशेष अतिथिको रुपमा सिर्जनशिल कलाकार समूहका संयोजक वरिष्ठ कलाकार श्री दुर्गा बरालज्यू, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका निवर्तमान चित्रकला विभाग प्रमुख प्राज्ञ रमेश श्रेष्ठज्यू को उपस्थिति रह्यो । कार्यक्रममा वरिष्ठ कलाकार श्री पदम बहादुर लामा, वरिष्ठ कलाकार श्री विचार सिं तामाङ, वरिष्ठ कलाकार श्री छेवाङ दोर्जे लामा र वरिष्ठ कलाकार इन्द्र सागर तामाङ गरी जम्मा चार जना प्रशिक्षकज्यूहरुले प्रशिक्षर्थीहरुलाई कला सिकाउनु भएको थियो । यस्तो कार्यशाला पोखरामा पहिलो पटक भएकोमा खुसी व्यक्त गदै आगामी दिनहरुमा यस्ता कार्यशालाहरुलाई आफ्नो तर्फबाट सक्दो सहयोग उपलब्ध गराउने कुरा प्रमुख अतिथि अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति धम्पुसका अध्यक्ष श्री दल बाहादुर गुरुङज्यूले आफ्नो मन्तव्यमा व्यक्त गर्नु भयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, परम्परागत शिल्पकला विभाग प्रमुख एवम् कार्यक्रमका सभापति श्री बुद्धि बाहादुर गुरुङज्यूले कार्यक्रम सफल बनाइदिनु भएकोमा सम्पूर्ण प्रशिक्षक, प्रशिक्षार्थी र कार्यक्रममा आफ्नो अमूल्य समय दिनु भएका प्रमुख अतिथि, विशेष अतिथि र अतिथिज्यूहरुलाई धन्यवाद दिदैं कार्यक्रमको उद्घाटन र समापन गरियो । कार्यक्रममा एघार जना प्रशिक्षार्थीहरु थिए । कार्यक्रमका केहि झलकहरु ः

Developed by : Prosys Solution - © 2026 Nepal Academy of Fine Arts All Rights Reserved.