नेपाल ललितकला प्रज्ञा–प्रज्ञा प्रतिष्ठानको आयोजनामा कर्णाली प्रदेशको सुर्खेतमा फागुन १७ गतेदेखि २३ गतेसम्म हुने ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’का लागि प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख तथा कर्णाली प्रदेश समन्वय समिति संयोजक पाल्साङ्मो लामाको संयोजकत्वमा शुक्रवार ३५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । उक्त भेलाले कर्णाली प्रदेश समन्वय समितिका सह–संयोजक तथा प्रतिष्ठानका प्राज्ञसभा सदस्य झिग्मे लामालगायतको उपस्थितिमा धर्म नेपाली संयोजक रहेको कलाकृति सङ्कलन उपसमिति, मानसिंह गुरुङ संयोजक रहेको प्रचारप्रसार उपसमिति, उत्तमसिंह विक. संयोजक रहेको आर्थिक ब्यबस्थापन उपसमिति, डा.रुपक कँडेल संयोजक रहेको सुरक्षा स्वास्थ्य स्वयंसेवक उपसमिति, सिन्धु दाहाल संयोजक रहेको विविध कला गतिविधि उपसमिति, पवन बुढा संयोजक रहेको प्रकाशन उपसमिति प्रदर्शनी हेमन्त बुढा संयोजक रहेको डिस्प्ले उपसमिति, भीमबहादुर सिंह संयोजक रहेको व्यवस्थापन तथा अतिथि सत्कार उपसमिति तथा भरत ढकाल संयोजक रहेको कलाकृति छनोट उपसमिति समेत गठन गरेको छ ।