नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान कर्णाली प्रदेश समन्वय समितिको आयोजनामा शनिवार (२०८१ पुस १३ गते) ‘कर्णालीमा ललितकला’ विषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ तथा प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतोसँगै नेपाल कमर्सियल आर्टिस्ट सङ्घ सुर्खेतका पदाधिकारी तथा प्रदेशका विभिन्न कलाकारहरूको उपस्थिति रहेको थियो ।

Developed by : Prosys Solution - © 2026 Nepal Academy of Fine Arts All Rights Reserved.