नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला तथा हस्तकला विभागको आयोजनामा आइतबार (२०८० पुस २२ गते)बाट माटो कला (सेरामिक्स) प्रशिक्षण/कार्यशाला सुरु भएको छ । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्य सौरगंगा दर्शनधारी, अरूणा हिङमाङ, प्राज्ञसभा सदस्य संगी श्रेष्ठ, महिन्द्र सुनार, प्रमुख प्रशिक्षक गोपाल कलाप्रेमी, कलाकार मनिषलाल श्रेष्ठलगायतको सहभागिता रहेको थियो । प्राज्ञ संगी श्रेष्ठले संयोजन गर्नुभएको कार्यशाला २८ गतेसम्म चल्ने छ । कार्यशालामा ललितकला क्याम्पस, काठमाडौँ विश्वविद्यालय, सिर्जना कलेज अफ फाइन आर्ट्सका विद्यार्थीहरूले सहभागिता जनाएका छन् ।