मधेस ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ शुक्रबार(२०८० चैत २ गते)बाट सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मधेस प्रज्ञा प्रतिष्ठानको संयुक्त आया्ेजनामा जनकपुरस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा भएको प्रदर्शनीको उद्घाटन जनकपुर उपमहानगरपालिका प्रमुख मनोज साहले गर्नुभयो । सो कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, मधेस प्रज्ञा-प्रतिष्ठानका अध्यक्ष राम भरोस कापडि भ्रमर, सर्लाही हरिवन नगरपालिकाका उपमेयर हरिमाया घलान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान प्राज्ञसभा सदस्य अजमत अली, मधेस प्रज्ञा-प्रतिष्ठानका सदस्य दिनेश यादव र देव नारायण यादव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मधेस प्रदेश समन्वय समिति संयोजक अरुणा हिङमाङको अध्यक्षतामा भएको थियो ।