प्राज्ञ धर्मराज शाक्यद्वारा लिखित, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान हस्तकला विभागद्वारा प्रकाशित पुस्तक “हस्तकलाको एतिहासिक पक्ष” मिति २०७८ मंसिर १४ गते मंगलबारको दिन एक समारोह विच विमोचन गरियो । प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पुस्तक माथि टिप्पणि गर्नुहुने टिप्पणीकारहरु उपप्राध्यापक तेजविलास अधिकारी र डा. गोविन्द टण्डन हुनुहुन्थ्यो । सोफजका अध्यक्ष केशवराज खनाल र हस्तकला महासंघको अध्यक्ष सुरेन्द्र भाई शाक्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सभाको अध्यक्षता उपकुलपति गोपाल चित्रकारज्यूले गर्नुभएको थियो भने स्वागत मन्तव्य सदस्य–सचिव विपिन कुमार घिमिरेज्यूले गर्नुभएको थियो ।