नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र मधेस प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा फागुन ८ गतेबाट सुरु भएको तीन दिने इम्ब्रोइडरी प्रशिक्षण कार्यक्रम शुक्रबार (२०८० फागुन ११ गते ) समापन भएको छ । समापन कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ तथा मधेस प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडि भ्रमरले सहभागीहरूलाई प्रमाण–पत्र प्रदान गर्नुभयो ।