नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान हस्तकला विभाग, लोककला विभागको आयोजना र लुम्बिनी सांस्कृतिक नगरपालिकाको संयोजनमा भएको दुईदिने कार्यक्रममा संस्कृतिविद् विक्रममणि त्रिपाठी, कलाकार देवेन्द्र थुम्केली र अभियन्ता चन्द्रप्रकाश पाठकले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि नेपाल ललितलकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लोककला विभागका प्रमुख प्राज्ञ मिथिलादेवी यादवले स्वच्छ मनले कलाकर्ममा लाग्ने हो भने कलाको बजारको कमी नरहेको बताइन् । उनले प्रतिष्ठानले मोफसलका कलाकारलाई विशेष प्राथमिकताका साथ कार्यक्रम अगाडि बढाइरहेको जिकिर गरिन् । प्रस्तुत कार्यपत्रले प्रतिष्ठानलाई आगामी कार्यक्रम बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । प्रतिष्ठानका हस्तकला विभाग प्रमुख प्राज्ञ धर्मराज शाक्यले नेपालको कला र संस्कृतिको प्रवद्र्धनमा प्रतिष्ठान प्रतिबद्ध रहेको बताए । उनलै लोकजीवनमा रहेका कलालाई खोज्दै मुलधारमा ल्याउन आफू लागिपरेको जिकिर गरे । लामो समयको प्रयत्नपश्चात् अवधी कलालाई मुलधारमा ल्याउने प्रयास स्वरुप कार्यक्रम तय गरिएको पनि शाक्यले बताए । शाक्यलै भने, ‘लोक, हस्तकलाको प्रवद्र्धनमा समग्र प्रज्ञा प्रतिष्ठान र हस्तकला महासंघ लागिपरेको छ । यसमा स्थानीय कलाकारले समेत आफू र आफ्ना कलालाई उठाउन पहल गर्नुपर्दछ ।’ कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख जानकीदेवी श्रीवास्तवले संस्कृति विकासका लागि नगरपालिकाले काम गर्नै जनाइन् । यस्तै, सो अवसरमा लुम्बिनी होटल संघका वरिष्ठ उपाध्यक्ष लिलामणि शर्मा, कलाकार रामदयाल ठाकुर, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डे, लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेती लगायतले लोक÷हस्तकलाका विषयमा धारणा राखेका थिए ।